• Menu

सेयर बजार २४ अंकले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट, ९ अर्ब ४० करोडको कारोबार

नेपाल प्रफिट

२०८१ माघ १५, १५:२४

सेयर बजार २४ अंकले बढ्यो, ६ कम्पनीमा सकारात्मक सर्किट, ९ अर्ब ४० करोडको कारोबार

काठमाडौ । सेयर बजार परिसूचक नेप्से मंगलबार उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक २४.५० अंकले बढेर २६५७.७७ अंकमा उक्लिएको हो ।

बजार उच्च अंकले बढ्दा १७७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६० कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको स्थिर रह्यो ।

आज ३२५ कम्पनीको ९ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । सोमबार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज जानाकी फाइनान्सको, थ्री स्टार हाइड्रोपावर, उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावरको, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विकास बैंक समूह सबैभन्दा धेरै ४.७ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह ०.२२, होटल तथा पर्यटन ०.६८, लगानी १.००, म्युचुअल फन्ड ०.१२, निर्जीवन बिमा ०.२८, व्यापार ०.२४ र अन्य समूह १.७४ र लघुवित्त ०.४८, वित्त १.८८, जलविद्युत १.४९, उत्पादन तथा प्रशोधन १.२३,जीवन बिमा ०.०८ प्रतिशतले बढेको छ ।

दोल्ती पावरको ८.४३, सप्तकोशी विकास बैंकको ४.६३ र भूगोल इनर्जीको २.८ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको ३८ करोड २१ लाख ३२ हजार एक सय ८७ बराबरको शेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्