• Menu

टर्कीको होटलमा आगलागी हुँदा १० को मृत्यु, ३२ जना घाइते

नेपाल प्रफिट

२०८१ माघ ८, २१:२५

टर्कीको होटलमा आगलागी हुँदा १० को मृत्यु, ३२ जना घाइते

एजेन्सी । टर्कीको बोलु प्रान्तको एक होटलमा मंगलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गभर्नर अब्दुल अजिज आयडिनले स्थानीय समय अनुसार बिहान ३:३० बजे एउटा होटलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताए ।

एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो ।

विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो ।