• Menu

विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको ११६ वर्षको उमेरमा निधन

नेपाल प्रफिट

२०८१ पुस २०, शनिबार २०:४८

विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको ११६ वर्षको उमेरमा निधन

एजेन्सी । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ । जापानको आसिया सहरले शनिबार इटोकाको मृत्य भएको घोषणा गरेको हो ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उनको जन्म आसियानजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा सन् २०२४ अगस्टमा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।