• Menu

करिब २९ अंकले बढ्यो नेप्से, ४ अर्ब ४३ करोडको कारोबार

नेपाल प्रफिट

२०८१ पुस ८, १६:०१

करिब २९ अंकले बढ्यो नेप्से, ४ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज सोमबार करिब २९ अंकले बढेको छ । आइतबार १३ अंकले घटेको नेप्से आज २८.९१ अंकले बढेर २६१२.२० अंकमा उक्लिएको हो ।

आज ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १९४ कम्पनीको मूल्य बढ्दा ४१ वटाको भने घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सुपर मादी हाइड्रोको मूल्य १० प्रतिशत र बाराही हाइड्रो पावरको मूल्य ९.९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै,आज मानुषी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएका छन् ।