• Menu

नेप्से १३ अंकले घट्दा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ८५ कम्पनीका लगानीकर्ताले कमाए

नेपाल प्रफिट

२०८१ पुस ७, १५:३१

नेप्से १३ अंकले घट्दा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, ८५ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार १३ अंकले घट्दा पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्से घट्दा पनि सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सुपर मोदी हाइड्रोपावर र पाँचथर पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो छ ।

नेप्से घट्दा पनि ८५ कम्पनीका सेयरधनीले कमाएका छन् । त्यस्तै १५३ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ६ वटाको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

जलविद्युत र उत्पादनमूलक समूह बढे पनि बाँकी सबै समूह घटेपछि आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ अंकमा झरेको छ । आज ३१९ कम्पनीको ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो ।