• Menu

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेपाल प्रफिट

२०८१ पुस ४, १५:२९

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ३१.४३ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ अंकमा ओर्लिएको हो ।

आज २११ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि २८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । तिन वटा कम्पनीको  भने स्थिर रह्यो ।

आज कारोबार रकम भने बढेको छ । आज ३१० कम्पनीको ४ अर्ब ७६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । बुधबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीको ९.२१ प्रतिशत मूल्य घटेको छ ।