काठमाडौं । सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस र करसहित ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावअनुसारको लाभांश आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २६ का लागि साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोजको मिति तोकिएको छ ।
लाभांश प्राप्त गर्न पुस ११ सम्ममा सेयरधनी खरिद गर्नुपर्ने या सेयर होल्ड गर्नुपर्ने हुन्छ । कम्पनीले यसअघि आव २०७९/८० को नाफाबाट गत वर्ष सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।