• Menu

इन्डोनेसियामा माछा मार्ने डुंगा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

नेपाल प्रफिट

२०८१ पुस २, १३:२९

इन्डोनेसियामा माछा मार्ने डुंगा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार

एजेन्सी । इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुंगा पल्टिँदा १५ जना बेपत्ता भएका स्थानीय अधिकारीले मंगलबार बताएका छन् ।

शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुंगा डुबेको थियो ।

दक्षिणपश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुंगाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो ।

उद्धारकर्ताहरूका अनुसार मंगलबार खराब मौसम तथा हावाहुरीका कारण डुंगा पल्टिएको थियो ।