• Menu

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

नेपाल प्रफिट

२०८१ मंसिर २४, १७:२०

हाइटीको राजधानीमा भएको हिंसामा १८४ जनाको मृत्यु

एजेन्सी । हाइटीको राजधानीमा भएको हिंसामा एक हप्तामा १८४ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन् ।

जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, ‘गत साता मात्र हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा एक शक्तिशाली गिरोहका नेताद्वारा आह्वान गरिएका आक्रमण र प्रत्यक्रमणका क्रममा कम्तीमा १८४ जनाको मृत्यु भएको छ।

उनका अनुसार यी पछिल्ला घटना र यसबाट मृत्यु भएका मानिसहरूको संख्या सँगै यो बर्ष मात्र हाइटीमा हिंसात्मक आक्रमणका कारण मृत्यु हुनेहरूको संख्या पाँच हजार पुगेको छ ।’