• Menu

पुथा उत्तरगंगा गाउँपालिकामा अग्रता बढाउँदै माओवादी उम्मेदवार

नेपाल प्रफिट

२०८१ मंसिर १७, १२:०४

पुथा उत्तरगंगा गाउँपालिकामा अग्रता बढाउँदै माओवादी उम्मेदवार

काठमाडौं । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवारले अग्रता बढाएकी छन् ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार माओवादी केन्द्रकी नरपुरा बुढाले १ हजार ७६ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी केशकुमारी तुलाचनले ७०० मतसहित पछ्याइरहेकी छन् । तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी थिइन् ।

यहाँको मतगणना सोमबार बिहान १० बजेपछि मात्र सुरू भएको हो ।