काठमाडौं । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवारले प्रारम्भिक अग्रता लिएकी छन् ।
सोमबार बिहान १० बजेपछि मात्र सुरू भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार माओवादी केन्द्रकी नरपुरा बुढाले अग्रता लिएकी हुन् ।
उनले ६०८ मत प्राप्त गरेकी छन् । कांग्रेसकी केशकुमारी तुलाचनले ४७६ मतसहित बुढालाई पछ्याइरहेका छन् । तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी थिइन् ।