काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमोनारायण माझी विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा उनी ६ हजार ९६९ मतसहित निर्वाचित भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३३३ मत ल्याए भने नेकपा (एमाले) का उम्मेदवार तुलसीराम विश्वासले ४ हजार १५९ मत पाए । यहाँ यसअघि नेपाली कांग्रेसले जितेको थियो ।