• Menu

पोखराको बाँझो जग्गामा ७ लाखभन्दा बढी लागतमा कागतीखेती सुरु

नेपाल प्रफिट

२०८१ मंसिर १४, शुक्रबार १५:०७

पोखराको बाँझो जग्गामा ७ लाखभन्दा बढी लागतमा कागतीखेती सुरु

कास्की । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् ।

गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहनुभएका उहाँले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा ५ सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।

कार्यक्रमका लागि कुल लागत ७ लाख ८१ हजार ४ सय रहेकामा आयोजनाबाट ३ लाख ९० हजार ७ सय स्वीकृत अनुदान रहेको छ भने ३ लाख ९० हजार ७ सय त्रिपाठी स्वयंले व्यहोर्छन् । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।