काठमाडौं । सिनामंगलको एक होटलमा युवा–युवती मृत भेटिएका छन् । युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।
शनिबार साँझ होटल जन्मभूमिमा पुगेका उनीहरु एउटै कोठामा बसेका थिए । एउटै सलको पासो लगाएर झुण्डिएकाले उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।
होटलको रेकर्ड अनुसार मृतक सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र सोही उमेर समूहकी शर्मिला माझी रहेको प्रहरीले जनाएको छ ।