• Menu

मकवानपुरमा बाढीपहिरोले एक अर्बभन्दा बढीको क्षति

नेपाल प्रफिट

२०८१ कात्तिक २९, १०:५५

मकवानपुरमा बाढीपहिरोले एक अर्बभन्दा बढीको क्षति

मकवानपुर । हालैको बाढीपहिरोले मकवानपुरमा एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार ७ सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए ।

जिल्लाका १० पालिकाका एक सय ३४ घर पूर्ण रुपमा र एक सय ८३ घर आंशिक रुपमा क्षति भएका उनले बताए । पाँच पालिकाका १६ वटा झोलुंगे पुल र ५१ वटा सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युतलगायत ५८ वटा पूर्वाधारमा क्षति भएको उनले बताए ।

बाढीपहिरोमा परी जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढीमा एक र बागमती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो ।

थाहा नगरपालिकामा २ जना, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बागमती गाउँपालिकामा एक–एक जना गरी ६ जना घाइते भएका थिए ।