तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट ६ लाख ४३ हजार १९० रूपैयाँसहित १३ जना पक्राउ परेका छन् ।
स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो ।
खालबाट १६ थान कौडा पनि बरामद भएको छ । उनीहरुमाथि मुलुकी अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।