• Menu

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरद्वारा ५ करोड ५० लाख सहयोग

नेपाल प्रफिट

२०८१ कात्तिक २७, १४:५४

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरद्वारा ५ करोड ५० लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा. पंकज रायले महानगरले उक्त कार्यका लागि ५ करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए ।

मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए ।

उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको जनाए ।

महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।