• Menu

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ

नेपाल प्रफिट

२०८१ कात्तिक २७, १३:०६

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिरूवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका-१० झापा घर भई कामपा-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट ८ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट २ लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका-४ चप्पल कारखानास्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा ८ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद ७९ हजार ४ सय ६५ रूपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ ।