काठमाडौँ । तिहारको सार्वजनिक बिदापछि आज खुलेको सेयर बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.२१ अंकले ओरालो लागेर २०७७.४० अंकमा झरेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ अंकले ओरालो लागेर ४७७.९९ अंकमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको भने ओरालो लागेको छ । कुल ९७ लाख १३ हजार ७३० कित्ता सेयर चार अर्ब २० करोड ५५ लाख पाँच हजार २३७ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सुपर माई हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त ९.९५, युनाइटेड मोदी हाइड्रोपावर ९.५१, गुराँस लघुवित्त ९.३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८.७५ प्रतिशतले कमाएका छन् ।
त्यसैगरी, मिड सोलु हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८.९४, सामलिङ पावर कम्पनी ६.४९ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.९७ प्रतिशतले गुमाएका छन् ।
नेप्से परिसूचक घट्दा ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १२३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।