• Menu

यूएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने, ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

नेपाल प्रफिट

२०८१ कात्तिक १३, २०:५०

यूएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने, ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विश्वका विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार देशबाहिर रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आएको छ । यसरी यूएई तथा विश्वका विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालय वा नेपालभर रहेका आइएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।