• Menu

प्राइम कमर्सियल बैंकद्वारा ५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ कात्तिक ११, आइतबार १७:०७

प्राइम कमर्सियल बैंकद्वारा ५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंकद्वारा ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिको ५१४औं बैठकले गत आवको नाफाबाट करसहित ९७ करोड एक लाख २८ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्