काठमाडौं । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । असोज दोस्रो साता आएको आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको मद्दतका लागि राहत रकम प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरणमा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।