• Menu

नेप्से परिसूचक ४७.४४ अंकले घट्दा ८ अर्बभन्दा बढीको कारोबार

नेपाल प्रफिट

२०८१ कात्तिक ४, १६:०३

नेप्से परिसूचक ४७.४४ अंकले घट्दा ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आइतबार १.७२ प्रतिशत अर्थात् ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा झरेको छ । म्युचुअल फन्डबाहेकका सबै उपसमूह राताम्य भएपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।

आज विभिन्न कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख रुपैयाँबराबरमा कारोबार भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै ङादी ग्रुप पावरको ९.८९ प्रतिशत र हिमालयन लघुवित्तको ५.९१ प्रतिशतले मूल्य बढेको छ ।

त्यसैगरी इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनान्सको ८.४१ प्रतिशत र एनआईसी एसिया ऋणपत्र २०८२/८३ को ५.८३ प्रतिशतले मूल्य ओरालो लागेको छ ।

गत साता मंगलबारदेखि खुलेको सेयर बजार तीन दिन नै बढेको थियो ।