काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार सामान्य बढेको छ । दसैँपछिका दुई दिनमा ७४ अंकले बढेको बजार आज २.४७ अंकले बढेको हो ।
दसैंपछि नेप्से ७७.१७ अंकले बढेर २६६८.१७ बाट २७४५.३६ अंकमा उक्लिएको छ । मंगलबार बजार ३१.४८ र बुधबार ४३.२२ अंकले बढेको थियो ।
आज ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
आज कारोबार रकममा भने उत्साह देखिएको छ । मंगलबार ३ अर्ब ६ करोड २३ लाख र बुधबार ५ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा आज ७ अर्ब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।
आज गुडविल फाइनान्स, समाज लघुवित्त र रावा इनर्जी सर्वाधिक कमाउने तीन कम्पनीमा परेका छन् । आज २ बजेर ११ मिनेटसम्म बढेर २७८० अंकसम्म पुगेको बजार त्यसपछि लगातार घटेको थियो ।