• Menu

बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्वारा २५ लाख सहयोग

नेपाल प्रफिट

२०८१ अशोज २२, मंगलबार १०:२५

बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्वारा २५ लाख सहयोग

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसदसमेत रहेका प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपैयाँको चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।

मुलुकलाई विपत्ति आइलागेको अवस्थामा राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले बताए । नेपाल निर्जीवन बिमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्लले बाढीपहिरोबाट पीडित भएका परिवारको बिमा सहजीकरणका लागि पनि काम भइरहेको जानकारी दिए ।

बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानि नोक्सानीको प्रभु इन्स्योरेन्समा बिमा गरेका नागरिकका लागि सम्पत्तिको दाबी गर्न पनि आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्