• Menu

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड सहयोग

नेपाल प्रफिट

२०८१ अशोज २०, आइतबार १२:२९

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड सहयोग

काठमाडौँ । नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग रकमबराबरको चेक आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको पहिलो बैँक नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि निर्देशन दिए ।

यसअघि शुक्रबार पनि विभिन्न वित्तीय संस्थाबाट तीन करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्