• Menu

कोसीमा पानीको बहाव घट्दै

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १५:३४

कोसीमा पानीको बहाव घट्दै
तस्बिर सप्तकोशी ब्यारेज ।

सप्तरी । कोसीमा पानीको बहाव घट्न थालेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो । करिब ६ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति आइतबार बिहानदेखि कम भएर ६ लाख ४३ हजार रहे पनि अहिले खतरा भन्ने उच्च नै रहेको छ । ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ ।

शनिबार राति कोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको थियो । बाढीको बहाव उच्च भएपछि कोसीमा सवारीसाधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । कोसी ब्यारेजमा पानीको बहाव बढेपछि शनिबार ब्यारेजको सुनसरीतर्फ नहरका दुई र सप्तरीतर्फ नहरका दुई गरेर ५६ वटै ढोका खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्