• Menu

अस्ट्रेलिया सीधा उडानको तयारी गर्दै नेपाल एयरलाइन्स

नेपाल प्रफिट

२०८० पुस ५, २१:४०

अस्ट्रेलिया सीधा उडानको तयारी गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायुसेवा निगमले अस्ट्रेलिया सीधा उडानको प्रक्रिया अघि बढाएको छ ।

अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको निगमले अस्ट्रेलियन नागरिक उड्डयनसँग अनुमति माग गरेको जनाएको छ ।

किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार र शनिबारका लागि निगमलाई स्लट दिएको हो ।

अनुमतिका लागि अरु सबै प्रक्रिया पूरा गरिसकेको निगमले अस्ट्रेलियन नागरिक उड्डयनलाई अनुमतिका लागि पत्राचार गरिसकेको जनाएको छ ।

निगमका अनुसार उडान अनुमतिका लागि नेपाल सरकार, पर्यटन मन्त्रालय र नेपाल एयरलाइन्सले प्रक्रिया पूरा गरेको र दूतावासले सहजीकरण गरिरहेको छ ।

सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो । अस्ट्रेलियामा करिब दुई लाख नेपाली रहेकाले निगमले सीधा उडानको तयारी गरेको हो ।