• Menu

तीन जिल्लामा विद्युत सेवा अवरुद्ध

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार ११:२४

तीन जिल्लामा विद्युत सेवा अवरुद्ध

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।

पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत सेवा अवरुद्ध भएको हो ।

यसैबीच, नेपाल विद्युत प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ । काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्