• Menu

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १०:५८

बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

सुनसरी । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।  कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए ।

इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले बताए । हरिनगर, देवानगन्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन् । जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्