• Menu

एनपिएल : आज चितवन र सुदूरपश्चिम तथा काठमाडौं र कर्णाली भिड्दै

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १०:४१

एनपिएल : आज चितवन र सुदूरपश्चिम तथा काठमाडौं र कर्णाली भिड्दै

चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२:३० र दोस्रो खेल साँझ ५:०० बजे हुनेछ । चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

चितवन राइनोज क्रिकेट क्लबका समर्थकहरु खेल चितवनबाट काठमाडौंतर्फ लागेका छन् । आज साँझ हुने खेल हेर्न राइनोजले समर्थक काठमाडौं लगेको हो ।

चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई क्लबको खेल हुने दिन निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । उनले भने, ‘खेलको टिकट लिएका चितवनका समर्थकहरुलाई चितवनदेखि काठमाडौंसम्म र खेल हेरिसकेपछि पुनः चितवन ल्याउने व्यवस्था गरेका छौँ ।’

उनले भने, ‘प्रिटिकट लिएर आउने समर्थकमध्ये ‘फस्ट कम फस्ट’ का आधारमा बस सेवा दिइएका छौँ ।’ रासस