• Menu

सुदूरपश्चिम रोयल्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने निर्णय

नेपाल प्रफिट

२०८३ कात्तिक १६, सोमबार १७:०१

सुदूरपश्चिम रोयल्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन्।

आजको खेलमा चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले गर्दैछन्। उनी जिम्बाब्वेबाट अफगानिस्तानविरुद्धको सिरिज खेलेर नेपाल आइपुगेका हुन्।

यसअघि चितवनको कप्तानी रवि बोपाराले गर्दै आएका थिए। राजाको आगमनसँगै चितवनले आजको खेलमा नेतृत्व परिवर्तन गरेको छ।