• Menu

महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खुल्ने

नेपाल प्रफिट

२०८३ असोज १६, शुक्रबार १४:३९

महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खुल्ने
फाइल तस्बिर ।

कैलाली । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए ।

‘अठचालिस घण्टासम्म सिल्ट सफाइ कार्य गर्नुपर्ने हुँदा बाँधको ढोका खोलिने भएकाले जलस्तर बढ्न सक्छ,’ सूचनामा भनिएको छ, ‘शनिबार राति १:०० बजेदेखि सोमबार राति १:०० बजेसम्म जलस्तर बढ्न सक्ने हुँदा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।’

सम्बन्धित समाचार