• Menu

बजेट र नीति-कार्यक्रम पारित गर्दै गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन सम्पन्न

नेपाल प्रफिट

२०८३ भदौ १६, मंगलबार १३:४४

बजेट र नीति-कार्यक्रम पारित गर्दै गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन सम्पन्न

कास्की । गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२:०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालु अधिवेशन २०८३ भदौ १५ गते राति १२:०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको जनाएको छ ।

जेठ ११ गते सुरु भएको दशौँ अधिवेशन करिब तीन महिनापछि अन्त्य भएको हो ।

बजेट अधिवेशनका रूपमा सुरु भएको यस अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम र बजेट पारित हुनुका साथै महत्वपूर्ण कानुन निर्माणको काम पनि अघि बढेको थियो ।

संविधानको धारा १८३ को उपधारा (२) ले प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ ।

सोही संवैधानिक व्यवस्थाअनुसार प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भट्टले दशौँ अधिवेशन अन्त्य गरेका हुन्