मकवानपुर । बागमती प्रदेशको मुुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का किरण थापा मगर नियुक्त भएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा, १६८ को उपधारा २ अनुसार थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको छ ।