काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले अब बर पिपल रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यसका लागि सिद्धार्थ बैंक र बर पिपल रिसोर्टबीच ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौताअनुसार पोखरास्थित बर पिपल रिसोर्टमा बैंकका ग्राहकले सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यस्तै, बैंकको नारी डेबिट कार्ड तथा प्लाटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई आकर्षक छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई पनि प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
यस अफर तथा अन्य सेवाबारे थप जानकारीका लागि ग्राहकले सिद्धार्थ बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।