• Menu

साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते वीवाइडी कार

नेपाल प्रफिट

२०८३ साउन ६, बुधबार ११:३९

साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते वीवाइडी कार

काठमाडौं  । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई प्रयोग गरी नेपाल रकम पठाउने विराटनगरका अभिषेक कालाखेतीले बम्पर उपहारस्वरूप विद्युतीय कार जितेका छन् ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले विजेता अभिषेक कालाखेतीका तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे ।

कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट औपचारिक माध्यमबाट पठाइने रेमिटेन्सले मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै परिवारमा खुसी र समृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विदेशमा रहेका नेपालीको सपना साकार पार्न यस्ता योजनाले थप प्रेरणा दिने उल्लेख गरे ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकको विश्वास जित्दै सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउन आइएमई निरन्तर सक्रिय रहेको बताए ।

आइएमई र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गतेसम्म सञ्चालन भएको थियो। योजनामार्फत साउदी अरेबियामा रहेका नेपालीलाई सुरक्षित, छिटो र भरपर्दो डिजिटल माध्यमबाट नेपाल रकम पठाउन प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो ।

योजनाको पहिलो चरणमा १२ जना सेवाग्राहीले उच्चस्तरीय स्मार्टफोन तथा दुई जनाले विद्युतीय स्कुटर पुरस्कार प्राप्त गरेका थिए। दोस्रो चरणमा हरेक हप्ता पाँच जनाले १० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए भने बम्पर उपहारस्वरूप एक जना भाग्यशाली सेवाग्राहीले विद्युतीय कार प्राप्त गरेका हुन् ।

यसैबीच, आइएमई र टिक्मोले नयाँ पुरस्कार योजना पनि सार्वजनिक गरेका छन् । नयाँ योजनाअनुसार १७ साउनदेखि १४ कात्तिकसम्म साउदी अरेबियाबाट टिक्मोमार्फत नेपाल रकम पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता दुई जनाले आफूले पठाएको रकमको दुई गुणासम्म, हरेक महिना दुई जनाले तीन गुणासम्म तथा बम्पर उपहारअन्तर्गत दुई जनाले पाँच गुणासम्म पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन् ।

आइएमईले यस अभियानले साउदी अरेबियामा रहेका नेपालीलाई सुरक्षित र औपचारिक माध्यमबाट रकम पठाउन थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ ।