• Menu

कीर्तिपुरको ट्याङ्लाफाँटमा अकस्मात कारमा आगलागी, एक पुरुषको जलेको अवस्थामा शव फेला

नेपाल प्रफिट

२०८३ साउन ५, १४:०४

कीर्तिपुरको ट्याङ्लाफाँटमा अकस्मात कारमा आगलागी, एक पुरुषको जलेको अवस्थामा शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा मंगलबार बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ ।

स्थानीयका अनुसार बा ५ च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो । आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेला पारेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले सो कारबाट एक पुरुषको शव निकालिएको र शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको बताए ।

आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको र कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको जानकारी पनि उनले दिए । उक्त घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।