• Menu
s

ग्रेस फर्मास्युटिकल्सको ‘लिनारेस एम ८५०’ ट्याब्लेट गुणस्तरहीन प्रमाणित, बजारबाट फिर्ता गर्न निर्देशन

नेपाल प्रफिट

२०८३ असार १५, १२:०३

ग्रेस फर्मास्युटिकल्सको ‘लिनारेस एम ८५०’ ट्याब्लेट गुणस्तरहीन प्रमाणित, बजारबाट फिर्ता गर्न निर्देशन

भैरहवा । औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गरेको छ ।

विभागले  औषधिको बिक्री-वितरण  रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न  सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

बजार अनुगमनका क्रममा संकलन गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर टीएलएमएस-००६ को उक्त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभए पछि बिक्री वितरणमा रोक लगाइएको हो ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सो ब्याच नम्बरको औषधिको बिक्री-वितरण तत्काल रोक्का गरी बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको जनाएको छ ।