• Menu
s

टिभिएस जुपिटर खरिद गर्दा ९ महिनासम्म पेट्रोल फ्रि

नेपाल प्रफिट

२०८३ असार १, ०५:४८

टिभिएस जुपिटर खरिद गर्दा ९ महिनासम्म पेट्रोल फ्रि

काठमाडौं । नेपालका लागि टिभिएस सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस जुपिटर बीएस–६ स्कुटरका लागि नयाँ ग्राहकमुखी योजना सार्वजनिक गरेको छ ।

बढ्दो पेट्रोल खर्चका कारण दैनिक यात्रा महँगो बन्दै गइरहेको अवस्थामा कम्पनीले जुपिटर स्कुटरलाई किफायती र भरपर्दो यातायातको विकल्पका रूपमा अघि सारेको हो ।

कम्पनीले सार्वजनिक गरेको योजनाअनुसार टिभिएस जुपिटर खरिद गर्ने ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल सुविधा प्राप्त गर्नेछन् । साथै, यो स्कुटरले प्रतिलिटर ६० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार उत्कृष्ट इन्धन दक्षता, आरामदायी यात्रा अनुभव तथा आधुनिक डिजाइनका कारण टिभिएस जुपिटर दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा स्थापित हुँदै आएको छ ।

ग्राहकलाई सहज रूपमा सवारीसाधन उपलब्ध गराउने उद्देश्यले कम्पनीले मासिक २ हजार ८९९ रुपैयाँदेखि सुरु हुने किस्ता सुविधासमेत उपलब्ध गराएको जनाएको छ ।

योजनाबारे जानकारी दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नेपाली ग्राहकको आवश्यकता र क्षमता अनुरूप व्यावहारिक तथा भरपर्दो यातायात समाधान उपलब्ध गराउने कम्पनीको प्रयास निरन्तर रहेको बताए ।

उनले बढ्दो पेट्रोल खर्चले उपभोक्तामाथि थप आर्थिक भार परेको अवस्थामा टिभिएस जुपिटरको इन्धन बचत क्षमता, सहज किस्ता सुविधा र आरामदायी यात्राले ग्राहकलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

टिभिएस जुपिटर बीएस–६ विशेषगरी परिवार, कार्यालय जाने कर्मचारी तथा दैनिक आवागमन गर्ने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको स्कुटर हो ।