• Menu
s

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ, अवरोध खुलाउन सत्ता र प्रतिपक्षबीच संवाद जारी

नेपाल प्रफिट

२०८३ जेठ २७, बुधबार ११:५५

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ, अवरोध खुलाउन सत्ता र प्रतिपक्षबीच संवाद जारी

काठमाडौं । बिहान ११:०० बजेका लागि तय भएको प्रतिनिधिसभाको बुधबारको बैठक यो समाचार तयार गर्दासम्म सुरू हुन सकेको छैन ।

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन् ।

विपक्षी दलले नेपाल-भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए ।