
काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एन्ड बी अस्पताल प्रा.लि. बीच कुमारी बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बी एन्ड बी अस्पतालबाट प्रदान गरिने इनपेसेन्ट, आउटपेसेन्ट,आकस्मिक सेवा सुविधा तथा औषधि सेवामा कुमारी बैंकका ग्राहकहरूले १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर फैलिएको २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा ग्रहण गर्दै देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग यस्ता छुटसम्बन्धी विभिन्न सम्झौताहरू गर्दै आएको छ। यस्ता सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज तथा प्रभावकारी पहुँच सुनिश्चित गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बदलिँदो समय र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुधार तथा थप सुविधा विस्तार गर्ने योजनाअनुसार आगामी दिनमा पनि यस्ता ग्राहक-मैत्री कार्यक्रमलाई निरन्तरता दिइने कुमारी बैंकले जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal