• Menu
s

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाल प्रफिट

२०८३ जेठ २०, बुधबार ११:१८

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य बुधबार स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख ११ हजार ३०० कायम भएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज एक तोला चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको चाँदीको पाँच हजार ४०५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको चाँदीको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।