• Menu
s

सुनको मूल्य प्रतितोला १४ हजार ४०० ले बढ्यो

नेपाल प्रफिट

२०८२ माघ २१, बुधबार ११:२०

सुनको मूल्य प्रतितोला १४ हजार ४०० ले बढ्यो

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मंगलबारको तुलनामा सुनचाँदीको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र  त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको छ ।  मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र  त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको चाँदी ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।