• Menu
s

चराको स्वर्ग ‘कोशीटप्पु वन्यजन्तु आरक्ष’मा पर्यटकको आकर्षण, जेठसम्म ९ हजारभन्दा बढीले गरे भ्रमण

नेपाल प्रफिट

२०८३ असार ८, १७:५८

चराको स्वर्ग ‘कोशीटप्पु वन्यजन्तु आरक्ष’मा पर्यटकको आकर्षण, जेठसम्म ९ हजारभन्दा बढीले गरे भ्रमण

सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/८३ मा जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन् ।

आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष गरेर नौ हजार ७० जना नेपाली पर्यटकले आरक्षको भ्रमण गरेको उनले बताए ।

त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकबाट कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन् । (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष रहेका छन् । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले आरक्षको भ्रमण गरेको आरक्षका पौडेलले बताए ।

सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले पर्यटकमा ४४ जना महिला र १०३ जना पुरुषले आरक्षको अवलोकन गरेको उनले बताए ।

अर्नाको राजधानी र चराको स्वर्ग मानिने सो आरक्षमा सबैभन्दा बढी पर्यटक मंसिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन् । यस महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटकले आरक्षको भ्रमण गरेको आरक्ष प्रशासनले जनाएको छ ।

साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० जना गरेर कूल नौ हजार २४२ जना पर्यटक आरक्षको भ्रमण गरेका छन् ।

विशेषतहः यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावर हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर र सजिलै सप्तकोसी नदीमा डलफीन हेर्न पाउने गरेको आरक्षका योजना अधिकृत पौडेलले बताए ।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटालगायतका पन्छी पाइन्छन् ।

साथै पछिल्लो समय गैँडाको समेत अवलोकन गर्ने गरेका छन् । आरक्षमा आन्तरिक  पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार