• Menu

इलाममा अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

नेपाल प्रफिट

२०८१ चैत १०, १२:२०

इलाममा अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

इलाम । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका-६ स्थित हात्तीढुंगेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुंगे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन् ।

हात्तीढुंगे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका अनुसार  वार्षिक २५ हजार भाडा तिर्नेगरी भिरालो जग्गामा तरुलखेती सुरु गरिएको हो । समूहलाई माङसेबुङ गाउँपालिकाले एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूलखेती प्रवर्धन कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

किसान समूहले वनतरुलसँगै गिठा र भ्याकुरको समेत खेती गर्दै थालेको छ । हाल बगानमा १६ हजार बोट वनतरुल, चार सय ५० बोट भ्याकुर र एक सय ५० बोट गिठा हुर्काएका छन् । तीन वर्षपछि मात्र तरुल उत्पादन हुने जनाइएको छ । खेती विस्तारका लागि बीउ जंगलबाट नै संकलन हुने गरेको छ ।

गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बीउ रोपेपछि पटकपटक रेखदेख गर्नु नपर्ने भएकाले तरुलखेती  अन्य खेतीभन्दा सजिलो भएको उनले बताए ।