• Menu

कालीगण्डकी कोरिडोर : भुरुङ-तातोपानी-घाँसा खण्डमा ९ किलोमिटर कालोपत्र

नेपाल प्रफिट

२०८१ चैत ८, शुक्रबार ११:५४

कालीगण्डकी कोरिडोर : भुरुङ-तातोपानी-घाँसा खण्डमा ९ किलोमिटर कालोपत्र

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ-तातोपानी-घाँसा खण्ड कालोपत्र भएको छ ।

आर्थिक वर्ष २०७३-७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका-३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका-२ तातोपानीस्थित नागढुंगादेखि मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको छ ,’ उनले भने ।

२०६४ सालमा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ ।