• Menu

तनहुँमा सम्झौताको दश महिनापछि पुल निर्माण सुरु

नेपाल प्रफिट

२०८१ चैत ८, शुक्रबार ११:०६

तनहुँमा सम्झौताको दश महिनापछि पुल निर्माण सुरु

तनहुँ । भिमाद नगरपालिका-५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो ।

पुल दुई करोड ५९ लाख ५७ हजारमा २०८१ साल जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी दीपज्योति शर्मा जेभीबीच सम्झौता भएको थियो । २०८२ साल मंसिर २० गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । पुल निर्माणको शिलान्यास बिहीबार गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले गरे ।

शृङ्गपथअन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि तनहुँसहित पाल्पा, नवलपुर र स्याङ्जा आवागमन सहज हुनेछ ।