काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र दुई वर्षदेखि सेवाग्राहीको स्वास्थ्यलाई प्रथम प्राथमिकता दिँदै आएको शुक्र हाउस अफ डाइग्नोस्टिक्स एन्ड वेलनेस सेन्टरबीच एससीटी-यूपीआई कार्ड प्रयोगकर्तालाई विशेष छुट दिने सम्झौता भएको छ ।
एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकले त्यसरी पीओएसमार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट र एक्स-रे, यु एस् जी, इ सी जी र इको गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
साथै एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ केयर सेवामा प्रतिशत छुट र नेपालभर नै टेलिमेडिसिन सेवामा ५ प्रतिशत छुट छ भने काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा छ ।
एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैंक, ५ ’ख’ वर्गका बैंक, ११ ’ग’ वर्गका बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र शुक्र हाउस अफ डाइग्नोस्टिक्स एन्ड वेलनेस सेन्टरले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी यूपीआई कार्ड लिएका ग्राहकलाई पूर्ण फाइदा लिन दुवै पक्ष्यबाट प्रोत्साहित गरिएको छ ।
एससीटी–यूपीआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी यूपीआई कार्ड लिन सकनेछन् ।