काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशि विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोडबराबर पुगेको हो ।
तर, यो रकम गत वर्षको सोही अवधिको भन्दा कम हो । गत वर्ष साउनदेखि माघसम्ममा शिक्षाका लागि ६६ अर्ब ६४ करोड बाहिरिएको थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोडले घाटामा छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोडले घाटामा थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण आय ४५ अर्ब ६८ करोड थियो ।